INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको कसुरमा २ हजार रुपियाँ जरिबाना, पीडितलाई २५ हजार क्षतिपूर्ति

गोकुलगङ्गा गाउँपालिका-४ का ४० वर्षीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा प्रवेश गरेको आरोपमा जातीय विभेद गरेको कसुरमा चार जनालाई जिल्ला अदालत रामेछापले जनही २ हजार रुपियाँका दरले जरिबाना गरेको छ ।

साथै अदालतले पीडितलाई आरोपितहरूबाट २५ हजार रुपियाँ जरिबाना भराउन निर्णय गरेको छ । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले पुस १६ गते सो फैसला सुनाएको हो ।

बिकलाई ०७३ माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरू सोही स्थानका ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीले ५ हजार रुपियाँ जरिबाना गराई रुद्री लगाएका थिए ।

उनीहरूलाई सो कार्य गराउन निर्देशन दिने साविकको बेताली गाविस-४ का ५६ वर्षीय गुञ्जबहादुर कार्की र साविकको बेताली गाविस-५ का मकरनाथ जोगीलाई पनि अदातलतले दोषी प्रमाणित गरेको छ ।

अन्य

भिडियो