डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले महिला र पिछडिएको वर्गको मानव अधिकार रक्षाका निम्ति पैरवी जरूरी रहेको आवश्यकता औँल्याएका छन् ।

मानव अधिकार निगरानी समूहका सदस्य तथा डुङ्गेश्व गाउँपालिका–१ र ६ नम्वर वडाका नवनिर्वाचित वडा सदस्यहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी अभिमूखीकरण तालिम उद्घाटन कार्यक्रममा उनले सो कुरा औँल्याएका हुन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले विकासको मूलधारमा आउन नसकेका समुदायलाई समान हैसियतमा ल्याउन नागरिक समाज र मानव अधिकार निगरानी समूहलाई अगुवाइ गर्न आग्रह गरे ।
तालिममा डुङ्गेश्व गाउँपालिका–१ र ६ नम्वर वडाका नवनिर्वाचित जनप्रतिनिधिहरू, ती दुई वडामा गठित मानव अधिकार निगरानी समूहका सदस्यहरू र सरोकारवाला समेत २१ जना महिला सहित ३५ जनाको सहभागिता छ ।
इएलपी कार्यक्रमले पैरवी गर्दै आएको विषय शिक्षा, स्वास्थ्य र कृषि अधिकारका विषयमा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, अधिवक्ताहरू सुरेन्द्र अधिकारी, यामराज थापालगायतले सहजीकरण गर्नेछन् ।
अमर सुनार