INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय निगरानी समूह मालारानीले शिक्षासँग र साविक साहारे गाविस तथा गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय निगरानी समूह साहारेले कृषि तथा पशुसेवासँग सम्बन्धित समस्याको बारेमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै गुर्भाकोट नपाका प्रमुख हस्त पुनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

प्रदेश नं ६ का जनताका समृद्धिका लागि पशुपालन, जडीबुटी र कृषि व्यवसायको विकल्प नरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षअघि नगरपालिका ऐन, तथा कार्यविधी तयार गरी गुर्भाकोट नपाका सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि नियमित अनुगमन, कृषि र खाद्य अधिकार सुनिश्चितताका लागि सबै वडामा प्राविधिक व्यवस्थापन गरिने प्रमुख पुनले बताए ।

मानिस मालारानीले ०७४ माघ २५ गते स्थानीय स्तरमा पहिचान गरिएको शिक्षासँग सम्बन्धित नेरा आधारभुत तह रपट जनज्ञान भण्डार माविमा तारबारको लागि आवश्यक बनेट विनियोजन गर्नुपर्ने सहित १० बुँदे र मानिस साहारेले ०७४ माघ २६ गते प्रयाप्तमात्रामा कृषि तथा पशुसेवा प्राविधिकको व्यवस्थापन गरिनुपर्ने लगायतका १५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

दुर्गा थापा

अन्य

भिडियो