अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण कात्तिक २९ गते पोखरामा सम्पन्न गरिएको छ ।

इन्सेक केन्द्रिय कार्यलयका मानव अधिकार प्रलेख तथा प्रचारप्रसार विभाग प्रमुख मदन पौडेलले पर्यवेक्षण गर्ने सङ्घसंस्थाको कर्तव्य, पर्यवेक्षण गर्नुको उद्धेश्य र निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा सहजीकरण गरेका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले पर्यवेक्षकले आफ्नो आचारसंहिता सहि तरिकाले पालना गरी निर्वाचन पर्यवेक्षण गर्नु पर्ने बताए ।
कार्यक्रममा पर्वत र स्याङजाका इन्सेक जिल्ला प्रतिनिधिसहित कास्कीका २० जना निर्वाचन पर्यवेक्षकको सहभागिता रहेको थियो ।
सङ्गीता भाट