दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित ‘विद्यार्थी र विद्यालय सवाल’ विषयक अन्तरक्रियामा उनले भने-‘शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र सिकाइ प्रभावकारी हुन्छ ।’
अधिकारीले शैक्षिक गुणस्तर सुधार्न बाल मनोविज्ञान बुझेर सक्दो धेरै नयाँ प्रविधि र सीप प्रयोग गरे अध्यापन कार्य रूचीकर बन्ने भएकोले विद्यार्थीमा लगनशीलता तथा सिक्न उत्सुकता पैदा गराउने आफ्नै शिक्षण अनुभव सुनाए ।

इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता एवम् इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले विद्यालयमा शिक्षण सिकाइलाई सघाउन सरस्वती मावि लगायतका चार विद्यालयमा बाल अधिकार चेतना समूहमार्फत सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप र यसले पारेका प्रभाव बारे चर्चा गरेका थिए ।
अमर सुनार