INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र जिल्ला स्तरीय मानव अधिकार निगरानी समितिको आयोजनामा चैत २५ गते सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको छ ।

Photo20170407Jhapa

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख शशीकुमार भट्टराई, सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे र जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्रप्रसाद खरेलले आआफ्नो कार्यालयहरूले जिल्लामा प्रवाह गरेको सेवा, जिल्ला स्तरीय योजना, भइरहेको काम कारबाहीलगायतका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

सहभागीहरूले कृषि कार्यालयले अनुदानमा प्रदान गर्ने कृषियन्त्र प्राप्तिको प्रक्रिया, जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निशुल्क रूपमा वितरण गर्ने औषधि गाउँ तहसम्म नपुगेको, शिक्षा कार्यालयमार्फत दलित, सिमान्तकृत विद्यार्थीलाई दिने छात्रवृत्ति लक्षित वर्गसम्म नपुगेको गुनासो गरेका थिए ।

अर्जुन बस्नेत

अन्य

भिडियो