इन्सेकद्वारा झापा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा परियोजना सल्लाहकार बैठक चैत २ गते जिल्ला समन्वय समिति झापाको सभा कक्षमा सम्पन्न गरिएको छ ।

बैठकमा इन्सेकले यस वर्षसञ्चालन गर्ने कार्यक्रमको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक वागमती कट्टेलले यस वर्षजिल्लामा सञ्चालित कार्यक्रम र त्यसको बजेट प्रस्तुत गरेकी थिइन् ।
जिल्ला समन्वय समिति तथा परियोजना सल्लाहकार समितिका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख इन्दिरा ओझा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्र मिश्र, कृषि विकास कार्यालयकी योजना अधिकृत शितल भट्टराईलगायत जिल्लाका सरोकारवाला सेवा प्रदायक निकाय, गैरसरकारी संस्था महासङ्घका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी शैलेश थापाले आत्महत्याको विषयलाई मानव अधिकारकको विषयसँग जोड्न र आत्महत्या न्यूनीकरणका लागि इन्सेकले सचेतना अभवृद्धिमा जोड दिन सुझाव दिएका थिए ।
उनले झापामा प्रत्येक ४५ घण्टामा १ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै इन्सेकलाई सचेतनाको पाटोमा काम गर्न सुझाव दिएका हुन् ।
राजगढ र चकचकीका महिला, बालबालिका, दलित र अन्य समुदायलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खाद्यसहित मनाव अधिकार उल्लङ्घनका पीडितहरूको न्यायमा पहुँच पुर्याउने उद्धेश्यले परियोजना सञ्चालन गरिएको इन्सेककी कार्यक्रम संयोजक कट्टेलले बताइन् ।
अर्जुन बस्नेत