इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ४ गते सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले समाज तहबाट भइरहेको मानव अधिकारसम्बन्धी ज्यादती बाल सहभागिताले घटाउन सकिने उनको भनाइ थियो ।
सहभागीको तर्फाट धनुषाकी ज्योती साह, बाराकी रुपा शर्मा, पर्साकी सहिना खातुनले तालिममा सिकेका बाल अधिकारका विषयवस्तुका सवालमा पैरवी गर्नुका साथै व्यवहारमै लागु गर्ने बताए ।
तालिममा बारा, पर्सा र धनुषाका १२ विद्यालयका ३६ जना विद्यार्थी र १२ जना शिक्षक गरी ४८ जनाको सहभागिता रहेको थियो ।
तालिममा बाल अधिकार र कर्तव्य, बाल अधिकारको ऐतिहासिक पृष्ठभुमि, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, बाल दुर्व्यवहार, बालमैत्री विद्यालय र दण्डरहित शिक्षालगायतका विषयमा छलफल गरिएको थियो ।

लक्ष्मी साह