इन्सेकद्वारा सञ्चालन गरिने स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
पुस ६ गते गैसस महासङ्घको कार्यालयमा आयोजित मानव अधिकार सङ्घ संस्थाहरूको भेलाले गैसस महासङघ तनहुँका अध्यक्ष रामलिला सुवर्णकारको अध्यक्षतामा सो समूह गठन गरिएको हो ।
समूहको सदस्यहरूमा नेपाल वार एशोसिएशनका अध्यक्ष शिवदत्त ढकाल, नेपाल पत्रकार महासङ्घका सचिव उज्वल पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कला पुन, आदिवासी जनजाती महासङ्घकी सचिव बसुन्धरा घर्ती, प्रेस चौतारीका अध्यक्ष नारयण खड्का, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सोनी खनिया, कोशिस तनहुँका संयोजक बसन्त भट्ट, तनहुँ सेवा समितिकी नर्मदा खनाल, लोकवाणी दैनिकका ऋषिकान्त दुवाडी, संयुक्त दलित उत्थान मञ्चका सदस्य नरबहादुर विश्वकर्मा रहेका छन् ।
सो कार्यक्रममा गैसस महासंघका अध्यक्ष सुवर्णकारले इन्सेकले सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमलाई सबैले सहयोग गर्ने भन्दै आफ्नो र गैसस महासङ्घको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।



प्रकाशचन्द्र भट्टराई