INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७२ भदौ २ गते

२०७२ भदौ २ गते

प्रेस विज्ञप्ति

जनताको मानवअधिकारको सम्मान गर !

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा भदौ १ गते सप्तरीको भारदह चोकमा प्रहरी र प्ररदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर भारदह गाविस१ का २८ वर्षीय राजीवकुमार राउतको मृत्यु हुनुका साथै ४३ वर्षीय देवनारायण विश्वास, ४० वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय गोपाल मण्डल, १७ वर्षीय सत्यनारायण राउत र १२ वर्षीय अपक साहसमेत गरी १४ जना घाइते भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

विगतमा लामो समय हिंसात्मक राजनीतिक द्वन्द्वबाट आक्रान्त नेपालीले वार्ताबाट आफ्ना समस्या समाधान गरेको उदाहरण विश्वसामु उदाहरणीय बनेको छ । यसैगरी संविधाननिर्माणका क्रममा देखिएका मतभिन्नतालाई वार्ताबाट नै समाधान गर्न हामी सरोकारवालाको ध्यानाकर्षा गराउन चाहन्छौँ ।

प्ररदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदै गोली प्रहार गरिनु उपयुक्त नभएको हाम्रो ठहर छ । मानवअधिकारका आधारभूत सिद्धान्तको परिपालनामा ध्यान दिन, घाइतेहरूको उपचार एवम् मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न यस्ता प्रकृतिका प्ररदर्शनमा हुन सक्ने क्षति नियन्त्रणका लागि संयमता अपनाउन र यस घटनाको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँ । यसैगरी आफ्ना मागहरू सम्बोधन गराउने  क्रममा संयमता अपनाइरहन पनि हामी आन्दोलनरत पक्षसँग आग्रह गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो