INSEC Online

📅 २०८३ जेष्ठ २१

०७२ असोज ५ गते

०७२ असोज ५ गते

प्रेस विज्ञप्ति

गङ्गामायाको जीवन रक्षा गर्न उनलाई न्याय देऊ

 

आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३ सय ३३ दिनसम्म अनसनरत फुजेल-७,गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको निधन भएको भोलि असोज ६ गते एक वर्ष पूरा हुँदैछ । उनको शव विगत एक वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा रहेको छ । धार्मिक परम्पराअनुसार सदगत् गर्न पाउनु पीडितको अधिकार भएको स्मरण गराउँदै सरकारकोध्यानाकर्षण गराउँछौँ । पीडितको न्याय पाउने अधिकारप्रति राज्य गम्भीर नभएकालेनन्दप्रसादको मृत्यु भएको हामीले पटकपटक बताउँदै आएका छौँ ।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि पति नन्दप्रसादसँगै आमरण अनशनमा बस्दै आएकी  गङ्गामाया अधिकारीले राष्ट्रिय मानवअधिकार आयोगका प्रनितिधि रअधिकारकर्मीको रोहवरमा ०७१ कात्तिक २२ गते अनशन तोडेकी थिइन् । छोराको हत्यारालाई कारबाही गर्ने सरकारी प्रतिबद्धता एक वर्षको बीचमा पूरा नभएपछि उनी ०७२ भदौ २३ गतेदेखि पुनः आमरण अनशनरत रहेकी छन् ।

अनशनरत गङ्गामायालाई न्याय प्रदान गरी उनको जीवन रक्षाका लागि पर्याप्त कदम चाल्न हामी नेपाल सरकारसँग माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो