INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ मंसिर ३० गते

०६२ मंसिर ३० गते

प्रेस विज्ञप्ति

भक्तपुर जिल्लाको नगरकोट गाविस -७ स्थित श्री कालीदेवी मन्दिर परिसरमा शाही सेनाका जवानबाट गरिएको नरसंहारको हामी घोर भर्त्सना गर्दछौं । यस घटनाले सेनाभित्रको अनुशासनबिहीनता र हतियारको मनपरी उपयोग गर्ने प्रवृतिसमेत रहेको पुष्टि गरेको छ ।

यस्तो नरसंहारकारी कार्यबाट संयुक्त राष्ट्रसंघको घोषणापत्रका नीति र सिद्धान्त विपरीत व्यक्तिको स्वतन्त्रतापूर्वक बाच्न पाउने अधिकारको हनन भएको छ । मानवताविरुद्धको यस्तो कार्य गर्ने दोषीलाई न्यायको कठाघरामा उभ्याउनु राज्यको प्राथमिक दायित्व रहन्छ ।

फौजदारी न्यायको आधुनिक अवधारणामा आफ्नो मातहतमा रहेका सैनिक जवानले गरेको सम्पूर्ण क्रियाकलापको जिम्मेवारी सम्बन्धित कमाण्डरले नै बहन गर्नुपर्ने मान्यता छ । यस घटनामा पनि सम्बन्धित सैनिक जवान जसको माताहतमा रहेका हुन् त्यसको टोली नेतालाई घटनाको उत्तर दायित्वबाट पन्छ्याउन मिल्दैन ।

हामी मृतकहरूको परिवारसमक्ष गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

साथै, यो घटनाको सत्यतत्थ्य सार्वजनिक गरी दोषीउपर सैनिक ऐनको दफा ६१ अनुसार नागरिक अदालतमा मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाउन, प्रत्येक मृतकका परिवारलाई पाँचलाख रूपैँया क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरूको समुचित उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो