१४ वर्षीया बालिकालाई प्रलोभन देखाएर देखाएर यौन पेसामा लगाएको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–११ पुरानो बसपार्ककी ४४ वर्षीया पुनी देवी बुढालाई ०८२ असार २८ गते कोहलपुर नगरपालिका–११ पुरानो बसपार्कबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार २५ गते प्रलोभन देखाएर यौन पेसामा लगाएको भनी पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा असार २५ गते उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार २६ गते भेरी स्पताल नेपालगञ्जमा गरिएको छ ।
पीडित बालिकालाई साना हातहरु नेपाल नामक संस्थाको सुरक्षित आवास गृहमा राखिएको उक्त संस्थाका सहजकर्ता अनु वलीले बताउनु भयो ।