१६ वर्षीया बालिकालाई काम लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले रोल्पा जिल्ला माडी गाउँपालिका– २ घर्तीगाउँ स्थायी घरभई गैडहवा गाउँपालिका– ५ गिदहिया दिदी बहिनी होटलकी सञ्चालक ३६ वर्षीया वर्षा बि.क.लाई असार १६ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडितले असार १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल भैरहवामा भयो । पीडित बालिकालाई अहिले सुरक्षित आवास गृहमा राखिएको छ ।