२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सैनामैना नगरपालिका–११ सालझण्डीका ५५ वर्षीय चिन्का थारुलाई ०८२ असार ५ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ ४ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले असार ५ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडी बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर खगेन्द्र अधिकारीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।