INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका अध्यक्षमाथि कार्यकक्षमै दुर्व्यवहार

बबई गाउँपालिकाका अध्यक्ष ६४ वर्षीय कुलबहादुर खत्री क्षेत्रीलाई बबई गाउँपालिका–७ का ४० वर्षीय सुरेन्द्र हमालले कार्यकक्षमै दुर्व्यवहार गर्नुका साथै कार्यकक्ष समेत तोडफोड गरे ।
सेवाग्राहीसँग कार्यकक्षमा ०८२ जेठ २८ गते छलफल गरिरहेको बेला सुरेन्द्रले  अध्यक्ष खत्रीलाई मोटरसाइकलको हेलमेट प्रहार गरेको, गाली गलौज गर्दै कार्यकक्षमा रहेको दराज तोडफोड गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय खिलतपुरमा जेठ २८ गते उजुरी दिएका छन् । स्थानीय खोलामा ढुंगा गिट्टी बालुवा उत्खननको ठेक्का लिएर आरोपितले जेसीवी प्रयोग गर्न रोक लगाएको भन्दै आफूमाथि दुर्व्यवहार र हातपात गर्दै तोडफोड गरेको अध्यक्ष खत्रीले बताउनु भयो ।
घटनालगत्तै फरार भएका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो । घटनाका बारेमा गाउँपालिका कार्यालयले जेठ २८ गते विज्ञप्ती प्रकाशित गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

अन्य

भिडियो