६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा रगनी गाउँपालिका-८ का ४५ वर्षीय सन्तोष गुरूङलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २५ गते राति बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा गरेको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौँमा गरिएको थियो ।