INSEC Online

📅 २०८३ जेष्ठ २१

फोटो पत्रकारकार माथि वरिष्ठ अधिवक्ताद्वारा दुर्व्यवहार

नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीमाथि २०८२ जेठ २२ गते आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयमा एसपी अपिलराज बोहराले बताउनु भयो ।

थापा आलोकनगरस्थित समाजवादी पार्टी कार्यालयबाट बाहिर निस्किदै गर्दा फोटो खिच्दै गरेका फोटो पत्रकार कार्कीको क्यामेरामाथि आक्रमण गरेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

के प्रयोजनका लागि फोटो खिचेको भन्दै थापाले पत्रकार कार्कीको क्यामेरामा आक्रमण गरेका हुन् । सार्वजनिक ठाउँमा सार्वजनिक व्यक्तिको फोटो खिच्न पाइन्छ भनेर फोटो पत्रकारहरूले तर्क गर्नुभएको थियो ।

थापा र बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीसहितका कानुनविदहरू कानुनी परामर्श दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुग्नु भएको थियो । सोही समय समाचार सङ्कलनका लागि पुगेका फोटो पत्रकारमाथि दुर्व्यवहार भए पनि पीडितले उजुरी प्राप्त नभएको एसपी बोहोराले जानकारी दिनु भयो ।

अन्य

भिडियो