INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिको नाममा जातीय विभेद गरेको आरोपमा दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका-७ बस्दै आएका ३९ वर्षीय शेरबहादुर थापालाई ०८२ जेठ १२ गते प्रहरीले गिरफ्तार गरेकाे छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेश समितिले आरोपितविरुद्ध ०८२ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियाे ।

०८२ वैशाख १० गते बेलुका बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउ पछि कुरा काट्ने काट्दै गर तर आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमिहरूलाई पुज्छु’ भन्ने स्टाटसमा आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई नपाल्नु’ भन्ने कमेन्ट गरेका थिए । साेही कमेन्टलाई लिएर राष्ट्रिय दलित पत्रकार सङ्घले आरोपितविरुद्ध जातीय विभेदको उजुरी दिएकाे थियाे । जातीय विभेद विरुद्धकाे उजुरी परे लगत्तै आरोपित फरार रहेका थिए । आरोपित लाेकान्तर डटकम नामक अनलाइनमा कर्णाली प्रदेश प्रतिनिधिका रुपमा कार्यरत थिए ।

आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिनुभयाे ।

अन्य

भिडियो