तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजु बस्ने सेनाका पूर्व हवल्दार मनबहादुर कालामगरलाई २०८२ वैशाख २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडीमा आगजनी गरेकाे एसपी बोहराले बताउनु भयो ।
उनले गाडीमा आगजनी गर्नुअघि तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।