INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा

काठमाडौँ   ०८२ वैशाख १७ गते

नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले ०८२ वैशाख १७ गते गिरफ्तार गरेको छ ।

नाउपाको पार्टी र जनमत पार्टी एकता घोषणा कार्यक्रमका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठान कमलादी पुगेका चैधारीलाई त्यहीँबाट गिरफ्तार गरेको थियो ।

जिल्ला प्रहरी परीसर काठमाडौँका एसपी अपिलराज बोहोराले चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयनार्थ गिरफ्तार गरी डिल्लिबजारस्थित कारागार पठाइएको जानकारी दिनु भयो ।

डिल्लिबजार कारगारका प्रशासन प्रमुख सुमन तामाङले चौधरीलाई सर्वोच्च अदालतको पूर्णपाठ नआई राष्ट्रपतिबाट कैद मिनाहा भएको हुँदा सो कैद मिनाह कार्यान्वयन नहुने भएकोले कैदमै राख्नु भनि अदालतको परिपत्र अनुसार कारागारमा राखिएको बताउनु भएको थियो ।

त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई भने प्रहरीले  गिरफ्तार गरेको छ । विष्टलाई गिरफ्तार गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिनु भयो ।

गिरफ्तारमा परेका विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई गिरफ्तार गरी कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा प्रहरीले गिरफ्तार गरेको थियो ।

कारागार कार्यालयमा आजै पठाइएको पत्र आधिकारिक नभएको सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले बताउनु भयो । सर्वोच्च अदालतबाट पठाइएको पत्रमा भनिएको छ, यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१/१७ मा कैदमा राख्न पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी गिरफ्तार परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ, पत्रमा भनिएको छ।

गिरफ्तार परेका रेशम चौधरी सर्वोच्च अदालतको आधिकारिक पत्रपछि डिल्लिबजार कारागारबाट रिहा भएका छन् ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनामा कसुरदार ठहर भई कारागार चलान भएका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर ०८० जेठ १५ गते थुना मुक्त हुनभएको थियो ।

अन्य

भिडियो