अपाङ्गता हुनुभएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला गङ्गापटवा नगरपालिका–२ स्थायी घरभइ हाल बुटवल उपमहानपा-२ बस्ने ४८ वर्षीय विशाल परिवारलाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।