२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको दरबार गाउँपालिका–१, बलिथुमका २१ वर्षीय हरिबहादुर क्षेत्रीलाई प्रहरीले ०८२ वैशाख १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।