INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानपा–१५, सेमलारका ३५ वर्षीय ऋषिराम सुनारलाई जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीया रीता भुसाललाई प्रहरीले ०८१ चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १६ गते जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनु भयो ।

अन्य

भिडियो