INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सिद्धार्थनगर नगरपालिका–९, गोनहियाका ४२ वर्षीय पत्रकार राधेश्याम विश्वकर्मालाई मायादेवी गाउँपालिका–६, मकरीमा तस्करी भइरहेको भिडियो खिचेको भन्दै दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–७, गरकट्टीका ३५ वर्षीय दिपेश यादव लगायतको समूहविरुद्ध ०८२ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

सङ्घीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारी उपस्थित कार्यक्रमको रिपोटिङ्ग गर्न जाने क्रममा वैशाख ८ गते बाटोमा तस्करी भइरहेको भिडियो खिचेको भन्दै दिपेश यादव तस्करहरूको समूहले घेरा हाली आक्रमण गर्दै विश्वकर्माको क्यामेरा, मोटर साइकलको चावी र पत्रकार परिचय पत्र खोसेका थिए । भैरहवा मर्चवार सडक खण्डमा तस्कर गर्दै गरेको भिडियो खिचेका विश्वकर्माले क्यामरामा कैद गरेको भिडियो डिलिट गर्न लगाएको र भिडियो डिलिट नगरे क्यामरा तोडफोड गर्ने धम्की दिएर भिडियो डिलिट गर्न लगाएको पीडित विश्वकर्माले इन्सेकलाई जानकारी दिनुभयो । तस्कर समूहले नेपाल प्रहरीका सही विष्णु राउत क्षेत्रीकै अगाडि पत्रकारमाथि दुर्व्यवहार गर्ने झोला खान तलास गर्ने पत्रकार परिचय पत्र, मोटर साइकलको चावी र क्यामेरा खोस्दै गर्दा प्रहरीले मुकदर्शक भएर हेरिरहेको पीडित पत्रकार विश्वकर्माले बताउनु भयो ।

घटनाका विषयलाई लिएर पत्रकार महासङ्घ रुपन्देही, प्रेस युनिययन, प्रेस चौतारी, मधेशी पत्रकार समाज लगायतले प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा मुकदर्श बन्ने सुरक्षाकर्मीमाथि समेत अनुसन्धान गरी कार्वाही गर्न माग गर्दै पत्रकार महासङ्घ रुपन्देहीका सचिव सिपी खनालको हस्ताक्षरमा गरिएको विज्ञप्तिमा उल्लेख छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जित सिंह राठोरले गाउँलेहरूले आफूहरूलाई नसोधी भिडियो खिचेको भन्दै क्यामेरा खोसी दिएको र भिडियो डिलिट गर्न लगाएको र पछि प्रहरी गएपछि क्यामेरा दिएको बताउनु भयो । घटनाका आरोपित फरार रहेकोले खोजिकार्य भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो