तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले ३० वर्षीया एनी कुँवरलाई ०८१ चैत २५ गते गोदावरी नगरपालिका–२, विशंखुनारायणबाट गिरफ्तार गरेको छ ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ‘त्यहीँ पत्रकारको मृत्यु भएको छ, लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालय एक अधिकृतले भन्नु भयोे, ‘त्यसैले उहाँलाई सोधपुछका लागि गोदावरी नगरपालिका–२, विशंखुनारायणबाट गिरफ्तार गरेका छौं ।’