१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-१० का २८ वर्षीय दिपेन्द्र कुमार महराविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ चैत १९ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
आरोपितले ०८१ चैत ४ गते बालिकालाई आफ्नो घरमा बोलाई नयाँ लुगा किनिदिन्छु र पैसा पनि दिन्छु भनी ललाई फकाई प्रलोभनमा पारी बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।
घटनापश्चात आरोपित महरा फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।