१९ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका आरोपित गोलबजार नगरपालिका-४ का २४ वर्षीय अजय कुमार साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ चैत ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई ०८१ पुस २८ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ पुस २८ गते पीडितकी आमाले उजुरी दिनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस २८ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर धर्मेश यादवले घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया शुरु गरेको बताउनु भयो ।