६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको पीडितकी आमाको आरोप छ ।
पीडित बालिकाकी आमाले आरोपितविरुद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।
पीडितको चैत २ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरी चैत ३ गते आमाको जिम्मा लगाएर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।