२४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको छ।
पीडितलाई इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुबई हुँदै इराकमा पुर्याइ विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको मानव बेचबिखन अनुसन्धान व्यूरोका एसपी नरेन्द्र कुँवरले बताउनु भयो।
पीडित ०८१ फागुन १३ गते ईराकबाट दुवई हुँदै नेपाल फर्किन सफल भएकोले फागुन १८ गते मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलमा जाहेरी दर्ता गर्नु भएको हो ।
जाहेरीका आधारमा आरोपितलाई २०८१ चैत ३ गते मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।
तामाङ उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।