२१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय गढवाले गुठीचौर गाउँपालिका–१ जुम्लाका २८ वर्षीय नेत्रबहादुर रोकायालाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई फागुन १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।