खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र ‘कब्जा’मा लिएको बाम गठबन्धनको आरोप छ ।
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनका कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङ्गोल तामाङले बताए । आक्रमणमा परी सोही ठाउँका बामगठबन्धनका कार्यकर्ता अभिषेक तामाङको हात भाँचिएको छ ।
सो ठाउँमा मतदान सुरू नभएपछि सशस्त्र प्रहरी टोली हेलिकप्टरबाट पठाउँदै गरेको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताए ।