INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका ४० वर्षीय बाबुविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा माघ २८ गते उजुरी दर्ता भएको छ ।  मौखिक उजुरीका आधारमा आरोपितलाइ प्रहरीले माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १० गतेदेखि माघ २४ गतेसम्म पटकपटक बलात्कार गरेको पीडित बालिकाको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपि सुवास हमालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २८ गते धादिङ अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो