२७ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले २०८१ पुस २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले व्यक्तिगत भिडियो तथा तस्बिरहरू आफन्तको सामाजिक सञ्जालमा पठाई गाली गलौज गरी चरित्र हत्या गरेको भनी माघ ६ गते दिएको उजुरीको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनु भयो । पीडित युवतीसँग प्रेमसम्बन्धमा रहँदा आरोपितले अश्लील भिडियो तथा तस्बिरहरू खिचेको र ती तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोमा उजुरी परेको प्रवक्ता अवस्थीले बताउनु भयो ।
आरोपित राईलाई साइबर ब्यूरो र जिल्ला प्रहरीका कार्यालय सिरहाको संयुक्त टोलीले गिरफ्तार गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहको साइबर ब्युरोले जनाएको छ ।