नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते भिम अस्पताल, भैरहवामा भयो ।