INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यालय प्रमुख नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

यस जिल्लाको खाडाचक्र नगरपालिकामा चार महिना देखि कार्यालय प्रमुख नहुँदा समाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, बालवालिकाहरू भत्ता पाउनबाट वञ्चित भएका छन् ।

खाँडाचक्र नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृतका लागि उपसचिवको दरबन्दी भए पनि सातौँ तहको अधिकृत समेत नभएपछि नगरपालिका कार्यालय प्रमुख विहिन भइ सामाजिक सुरक्षा भता पाउने नागरिकहरू भत्ता पाउनबाट वञ्चित हुनुपरेको हो ।

साथै कार्यालय प्रमुख विहिन भएपछि करारमा रहेका कर्मचारीहरूले सात महिना देखिको परिश्रमिक पाएका छैनन् भने सामुदायिक विद्यालयका शिक्षक कर्मचारिहरूले समेत तलब नपाउँदा मर्कामा परेका खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले जानकारी गराउनु भयो । उहाँले नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृत नहुनुको मुख्य कारण दुई पक्षीय कर्मचारीको विवाद र नगर प्रमुखको व्याक्तिगत चाहानाका कारण रहेको आरोप लगाउनु भयो ।

सामाजिक सुरक्षा भत्ता नपाउँदा दैनिक उपभोग्य सामान पनि खरिदमा समस्या भएको खाँडाचक्र नपा–८ का ज्येष्ठ नागरिक रुप्सगे सार्कीले गुनासो गर्नुभयो । यसैगरी प्रमुख प्रसाशकीय अधिकृत नहुँदा नगरपलिका भित्र करार सेवामा रहेका कर्मचारीहरूले सात महिनादेखिको तलाब पाएका छैनन् भने विद्यालयका शिक्षकहरूले चार महिना देखिको तलाब नपाउँदा समस्या भएको लिङ्गासैनी माविका शिक्षक अर्जुन सिंहले गुनासो गर्नुभयो ।

अन्य

भिडियो