INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले पुस १६ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभएको हो । घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर दिपक मगरातीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो