१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-२ का २७ वर्षीय जर्मन राईलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ मङसिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्ल्सिनाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल भोजपुरमा पुस २६ गते गरिएको छ ।