INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्कालाई पुस २५ गते प्रहरीले दुधौलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले काठमाडौँ महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले खड्काविरूद्ध प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० वैशाख ८ गते प्रसूति गृह थापाथलीमा गरिएको थियो ।

अन्य

भिडियो