INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले गौरीगंगा नगरपालिका—६ बनबेहडाका २७ वर्षीया हरीराम चौधरीलाई ०८१ पुस २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८१ असार २१ गते जङ्गलमा लगेर पटकपटक बलात्कार गरेको र घटना बारे कसैलाई जानकारी गराए युवतीलाई मार्ने धम्की दिएका कारणे ढिलो जानकारी पाएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका बारेमा जानकारी पाएपछि आरोपित विरुद्ध पुस २१ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई पुस २१ गते बनबेहडाबाट गिरफ्तार गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय, कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो