INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता हुनु भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले केपिलासगढी गाउँपालिका-७ का ३९ वर्षीय एककुमार राईविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई ०८१ असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस  १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर सञ्जु कार्कीले बताउनु भयो ।

आरोपितविरूद्ध जिल्ला अदालतले ०८१ पुस २१ गते पक्राउ पूर्जी गरेको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

आरोपित हाल बेलायतमा भएकाले नेपाल प्रहरीको केन्द्रीय इकाइसँग समन्वय गरेर आरोपितलाई गिरफ्तारको प्रक्रिया थालिएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १८ गते गरिएको छ ।

अन्य

भिडियो