१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्लाको नारायण नगरपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-३० रुद्रमार्ग बस्ने २१ वर्षीय सम्राट बस्नेत र सोही ठाउँका २४ वर्षीय सरोज महतरालाई पुस १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले पुस ९ गते घुम्न जाने भनेर ललाईफकाई डेरामा लगेर बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जनाकारी दिनु भयो।
घटनाबारे पीडितले पुस १० गते प्रहरी वृत्त मालिगाउँमा उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परिक्षण पुस १० गते थापाथली अस्पतालमा गरिएको छ ।