१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-५ का २४ वर्षीय मौसम मगरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ मङसिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २९ गते गरिएको छ ।