१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–६ का १९ वर्षीय करिना सिंह राजपुत र काठमाडौँ महानगरपालिका–१९ का ३४ वर्षीय जयश श्रेष्ठलाई प्रहरीले ०८१ मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले मङ्सिर २५ गते बलात्कार गरी बेचबिखन गर्ने मनसायले ललाई फकाई भारत लैजादै गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते भिम अस्पताल, भैरहवामा भएको थियो ।