केही दिनयता मुलुकका विभिन्न भागमा दैनिक रुपमा भएका उम्मेदवार तथा आमनागरिक लक्षित बम आक्रमण तथा एम्बुस बिष्फोटनका घटनाप्रति जबाफदेहीता निगरानी समितिले निन्दा तथा भर्सना गरेको छ ।
‘नागरिक लक्षित यस प्रकारका घट्ना अपराधिक कृयाकलाप हुन् । यसले लोकतन्त्रका मुल्यमान्यता तथा नागरिकका आधारभुत अधिकारको उपहास गरेको छ । यो कानुनी शासन र आमनागरिकको शान्तिपूर्ण बाच्न पाउँने अधिकारको बर्खिलापमा छ ।’- निगरानी समितिले मङ्सिर ३ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता घटनाबाट राज्यको सुरक्षा ब्यवस्था कमजोर रहेको र कानुनी राज्यको अवधारणामा धज्जीउडेको समितले ठहर गरेको संयोजक चरणप्रसाईले बताए ।
निर्वाचनमा भाग लिएका उम्मेदवार तथा आमनागरिकको सुरक्षाको प्रत्याभुत गर्न र भयमुक्त वातावरणमा सबै नेपालीले चुनावमा भाग लिन पाउने अधिकारको सुनिश्चित गर्न निगरानी समितिले सरकारसँग माग गरेको छ ।