INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गरिफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ ।  पीडित बालिकालाई आरोपितले दुई वर्षदेखि बलात्कार गरेको भनी गोप्य सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरेको काठमाडौँ महानगरपालिकाले जनायो ।

काठमाडौं महानगरपालिकाले ११ वर्षीय बालिकासँगै उनका नौ वर्षीय र सात वर्षीय भाइलाई उद्धार गरेको काठमाडौँ महानगरपालिका बाल उद्धार कार्यदलकी संयोजक रसला तण्डुकारले जानकारी दिनु भयो ।

घरमा सौतिनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको संयोजक तण्डुकार बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित  प्रसूति गृहमा मङ्सिर १८ गते गरिएको छ । ।

बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको  सहयोगमा उनीहरूको उद्धार गरेको  हो । उद्धार गरिएका तीनै जना बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।

अन्य

भिडियो