५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ३८ वर्षीय यामप्रसाद पूर्वछानेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १३ गते गरिएको छ ।