INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा कृष्णनगर नगरपालिका–७, सुखरामपुरका ४६ वर्षीय बढरे आलम मुसलमान र सोही ठाउँका २१ वर्षीय मोजाहित खान विरुद्ध इलाका प्रहरी कार्यालय, कृष्णनगरमा ०८१ मङ्सिर १० गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २१ गतेदेखि अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, कृष्णनगरमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।

अन्य

भिडियो