INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज नगरपालिका–७, वालापुरका ६२ वर्षीय पुजारी प्रसाद चौधरी कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ मङ्सिर १० गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।

अन्य

भिडियो