१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित नरहा गाउँपालिका–४ का २१ वर्षीय रमेशकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८१ साउन ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ असोज ४ गते उजुरी दिएको पीडित बालिकाले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असोज ४ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्रकुमार पासवानले घटनापश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।